ट्रिनिटी बास्केटबल बिहिबारदेखि

ट्रिनिटी इन्टरनेसनल कलेजको आयोजनामा सातौं ट्रिनिटी अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने ट्रिनिटीका बास्केटबल प्रशिक्षक प्रेमसुन्दर होनाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
समूह ‘ए’ मा ट्रिनिटी ‘ए’, रातो बंगला ‘ए’, जेभियर इन्टरनेसनल र युलेन्स तथा समूह ‘बी’ ट्रिनिटी ‘बी’, रातो बंगला ‘बी’, साइपाल एकेडेमी र नामी रहेका छन् । दुईदिने प्रतियोगिताका खेलहरु डिल्लीबजारस्थित आयोजककै कोर्टमा हुनेछ ।

Comment