सुबासको नेतृत्वमा नेकोस फेन्सीङ्ग


सुबास श्रेष्ठको अध्यक्षतामा नेपाल खेलकुद महासंघ(नेकास) अन्तरगतको राष्ट्रिय फेन्सीङ्ग संघ गठन भएको छ । बुधबार महासंघका उपाध्यक्ष हरक सिंह धामीको प्रमुख आतीथ्यमा बसेको राष्ट्रिय भेलाले कमिटी चयन गरेको हो । धामीले नेपालमा अबको आबस्यकता खेलकुद क्रान्तीको आबस्यकता भएको बताउदै खेलाडीले सम्मानीत जिवन जिउनको आधार तयार गर्नु पर्ने बताए । भेलामा बोल्दै बिशिष्ट अतिथी नेपाल खेलकुद महासंघका महासचिव लामा टेन्डी शेर्पाले कमिटीले फेन्सीङ्ग विकासमा सहयोगी भुमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गरे । भेलाले शिब चन्द« श्रेष्ठलाई उपाध्यक्ष र महासचिवमा विपिन भट्टराइलाई चयन ग¥यो । निरज श्रेष्ठ सचिव तथा सन्तोष गीरी कोशाध्यक्ष भए ।
पुस्कर रावत, केशब थापा, राजकुमार रायमाझी,त्रीचन्द« पौडेल, राजु शाही, जय गुरुङ्ग, सन्तोष अधीकारी र सुजन श्रेष्ठ चयन भए । भेलामा खेलकुद महासंघका महासंघका उप महासचिव राजुमान श्रेष्ठ,सचिवालय सदस्य यादव बस्नेत र ६ नम्बर क्षेत्रीय प्रमुख प्रदिप केसीका साथै विभिन्न प्रदेश र राष्ट्रिय संघका पदाधीकारीहरुको उपश्थिती थियो ।

Comment