१५०० मा आर्मीको पकड

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स खेलमा नेपाली सेनाका धावक हरीकुमार रिमालले पहिलो स्वर्ण पदक हात पारेका छन् । साग काश्य पदक विजेता रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् ।खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले सेनालाई रजत पदक दिलाएका छन् । त्यस्तै नेपाल पुलिसका तर्फबाट करण खड्काले कास्य पदक हात पारेका छन् ।
महिलाको सोही दुरीको दौडमा ओलम्पियन आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक जितिन् ।

Comment