चन्द्रकलाको राष्ट्रिय कीर्तिमान


सातौं राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सको महिला सटपुटमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सुनसरीको इटहरी रंगशालामा शनिबार भएको महिला स्पर्धातर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान भङ गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । चन्द्रकलाले ११ दशमल ५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि चन्द्रकलाको नाममा ११ दशमलब ४ मिटरको नयाँ रेकर्ड थियो ।
यस्तै नेपाल आर्मीकी अमृता महतोले १० दशमलब १२ मिटर थ्रो फाल्दै रजत पदक जितिन भने नेपाल प्रहरीकी बसन्ती चौधरीले ९ दशमलब ७५ मिटर थ्रो फाल्दै कास्य हात पारिन् ।

Comment