आर्चरी तयारी अन्तिम चरणमा

फइल तस्बिर

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आर्चरीको तयारी अन्तिम चरणमा पुगेको छ । उदयपुरको थारुहट रंगशालामा हुने यो प्रतियोगिता सातौ राष्ट्रिय च्याम्पियनसीप हो । प्रतियोगितामा तीन क्याटोगोरीका नौ इभेन्ट समाबेश छन् । शनीबार देखि सोमबारसम्म् हुने प्रतियोगितामा रिकर्भ पुरुष ओपन ब्यक्तिगत, रिकर्भ पुरुष ओपन टिम, रिकर्भ महिला ओपन ब्यक्तिगत र रिकर्भ मिक्स टिम इभेन्ट समाबेश छन् । कम्पाउन्ड पुरुष ब्यक्तिगत, रिकर्भ पुरुष स्ट्यान्डर्ड ब्यक्तिगत, रिकर्भ पुरुष स्ट्यान्डर्ड टिम, रिकर्भ महिला स्ट्यान्डर्ड ब्यक्तिगत र रिकर्भ स्ट्यान्डर्ड मिक्स टीम इभेन्ट च्याम्पियनसीपमा रहेका छन् । एक दशक यता पुर्नसंरचनाको युगमा प्रबेश गरेको नेपाली आर्चरी यस अबधीमा नेपालमा सक्रिय संघको रुपमा रहेको छ ।
यो श्रृंखलामा सातौ राष्ट्रिय च्याम्पियनसीप पनि आर्चरीले मार्ने फड्कोमा महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ । गत दक्षिण एसियाली खेलकुदमा प्रेम प्रसाद पुनको पदकमा रमाएको नेपाली आर्चरी गत ओलम्पिकमा जित मोक्तानले सहभागिताको अबसर पाए पछि अझ उत्साहित बनेको थियो । पश्चिमाञ्चलमा प्रभाव जमाएको नेपाली आर्चरी यस प्रतियोगिता पछि पुर्वाञ्चलमा पनि प्रभावकारी हुने अनुमान गरिएको छ ।

Comment