आलोकमा कोजु र संजयलाई सम्मान


आलोक विद्याश्रमले अन्टार्कटिकाको उच्च हिमाल आरोहणाको तयारी गरिरहेका पर्वतारोही तथा रनर संजय पंडित र महिला म्याराथन धावक कान्छी माया कोजुलाई बुधवार सम्मान गरेको छ । स्कुलको आयोजनामा भएको आलोक किड्स फेष्टमा उनीहरुलाई विद्याश्रमकी प्रिन्सिपल बनिता मित्तल अग्रवालले एक कार्यक्रम विच सम्मान गर्नुभएको हो । संजय यसै साता अन्र्टाकटिका तर्फ जाने तयारीमा छन् ।
सो अवसरमा आयोजित विभिन्न प्रतियोगितामा पहिलो, दोस्रो र तेश्रो हुने विद्यार्थीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कविता वाचन प्रतियोगिता अन्र्तगत आठ देखी १० बर्षका विद्यार्थी विच भएको प्रतियोगितामा आलोक विद्याश्रमकी अनुभा दाहाल पहिलो भइन् । त्यस्तै नृत्य तर्फ यो उमेर समुहमा मोर्डन इन्डियन स्कुलले बाजी मा¥यो ।
पर्वतारोही संजय र खेलाडी कोजुले आगो विना खाना तयार गर्ने प्रतियोगिताको जज पनि गरेका थिए । कार्यक्रममा चित्रकला प्रतियोगिता, ह्याण्डड्राइटिङ प्रतियोगिता, प्mयान्सी ड्रेस प्रतियोगिता लगायतमा उपत्यकाका झण्डै एक दर्जन विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा गायक धिरज राई, संगितकार अनिल शाही, गीतकार विपिन किरन, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य र महिला पाइलट यशोदा भट्टराईले प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरेका थिए। कार्यक्रममा प्रिन्सिपल अग्रवालले संजयको आगामी यात्राको सफलताको कामना ब्यक्त गरे । सम्मानीत कोजु नेपाली एथलेटिक्समा डेढ दशक भन्दा बढी समय प्रभाव जमाउन सफल खेलाडी हुन् । उनी मध्यम दुरीमा हालसम्मकै सबैभन्दा सफल र उत्कृष्ट महिला खेलाडी हुन् ।

Comment