बक्सिङ पदाधिकारी स्वीट्जरल्याण्ड प्रस्थान

नेपाल बक्सिङ संघका पदाधिकारी टोली स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । स्वीट्जरल्याण्डको मन्त्रिक्यूमा हुने इन्टरनेशनल बक्सिङ एसोसियसन(आइबा)को अक्स्ट्रा अर्डिनरी कग्रेसमा सहभागी हुन तीन सदस्यीय टोली प्रस्थान गरे । टोलीमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,उपाध्यक्ष किरण बहादुर श्रेष्ठ र सदस्य दिपक महर्जन रहेका छन् । उनिहरुले डिसेम्बर १९ देखि २१ सम्म कग्रेसमा सहभागीता जनाउनेछन् । टोलीलाई विष्णु गोपाल श्रेष्ठले विदाई गरे । संघका अध्यक्ष अवालले कग्रेसमा नेपाली बक्सिङ खेलको विकासका लागि पहल गर्ने बताए ।

Comment