एथलेटिक्स छनोट सुरु


सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चल क्षेत्रीय एथलेटिक्स छनोट प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । पहिलो दिन समान ३–३ पुरुष÷महिला खेलाडी शीर्ष स्थान हात पार्दै छनोट हुन सफल भएको एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन् ।
१ हजार ५ सय मिटर दौडको पुरुषमा भक्तपुरका सुरेश थापा मगर र महिलामा काठमाडौंकी संगीता खड्का, सटपुटको पुरुषमा चितवनका वीरेन्द्र चौधरी र महिलामा सिन्धुलीकी प्रमिला माझी तथा लङजम्पको पुरुषमा चितवनका भुवन महतो र महिलामा काठमाडौंकी सरु खवास छनोट भए । सातौंमा मध्यमाञ्चलबाट १५ पुरुष र १२ महिला गरी २७ खेलाडीले भाग लिने छन् । प्रतियोगिता बुधबारसम्म चल्नेछ ।

Comment