पश्चिमाञ्चलमा बक्सीङ्ग छनोट

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट १४ बक्सिङ खेलाडी छानिएका छन् । त्यसमा १० पुरुष र ४ महिला छन् । पुरुषको ४९ केजीमा विष्णु गौतम, ५२ केजीमा पाल्पाका चिरञ्जीवी राना, ५६ केजीमा कास्कीका दिनेश बानियाँ, ६० केजीमा सविन गुरुङ, ६४ केजीमा पाल्पाका सरोज सेवा, ६९ केजीमा कपिलवस्तुका सागर शाही, ७५ केजीमा रुपन्देहीका नरेश थापा, ८१ केजीमा नवलपरासीका नरेन्द्र गुरुङ, ९१ केजीमा कास्कीका विजय आले मगर तथा ९१ केजीमाथि कास्कीका ओम गुरुङ रहेका छन् ।
महिलाको ४८ केजीमा कास्कीकी सोनी लामा दोङ, ५१ केजीमा पाल्पाका रम्भाकुमारी राना, ५७ केजीमा कास्कीकी सिसम थापा मगर तथा ६० केजीमा कास्की प्रेयंका बर्मा छन् ।

Comment