बक्सिङ फाइनल बिहिबार

पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी पश्चिमाञ्चलमा बुधबार विभिन्न तौल समुहको सेमिफाइनल खेल सम्पन्न भएका छन् । विहिबार र शुक्रबार बक्सिङको फाइनल खेल सम्पन्न हुने पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानिले जानकारी दिए । विहिबार ६९ केजी तौल समुहमा रामचन्द्र ढकाल(कास्की) र सागर शाही(रुपन्देही)वीच फाइनल प्रतिस्पर्धा हुने छ । ७५ केजी तौल समुहमा दाशबहादुर जिजाली(गुम्मी) र नरेश थापा(रुपन्देही वीच फाइनल प्रतिस्पर्धा हुने भने ८१ केजी तौल समुहमा नरेन्द्र गुरुङ(नवलपरासी) र चिन्तन नेपाली(कास्की)वीच प्रतिस्पर्धा हुने छ । त्यस्तै ९१ केजी तौल समुहमा विजय आलेमगर(कास्की) र दिपक परियार बाग्लुङ वीच हुने छ । मध्य पश्चिमाञ्चल अन्र्तगत बक्सिङ छनोट अन्र्तगत ४९ केजी तौल समुहमा सागर थापा(बाँके) र चन्द्रबहादुर थापा(दाङग)वीच फांइलन हुनेछ । ५२ केजी तौल समुहमा(उदय घर्तीमगर(रोप्पा) र प्रेम चौधरी(दाङ)वीच हुने छ । ५६ केजी तौल समुहमा रामप्रसाद पुनमगर(रोल्पा) र चन्द्रज्योती थापा(दाङी वीच हुने छ । ६० केजाी तौल समुहमा विजय पुनमगर (रोप्पा) र सुरेन्द्र बुढामगर(दाङ)वीच हुनेछ । त्यस्तै मध्यपश्चिमाञ्चल क्षेत्रिय छनोट अन्र्तगत ६४ केजी तौल समुहमा विपिन रोक्कामगर(रोप्पा)र यमराज चौलागाई(बाँके)वी हुने छ । ६९ केजी तौल समुह अन्र्तगत अर्जुन बुढामगर(जाजरकोट) र एस कुवँ(दाङ) वीच हुनेछ । ७५ केजी तौल समुहमा सिलमन घर्ती(रोल्पा) र नरेन्द्र आर.सी(जाजरकोट)वीच हुने छ।

Comment