१३ औ दक्षिण एसियाली खेलकुदको मिती तय

saoce
१३ औ दक्षिण एसियाली खेलकुद ९ देखि १८ मार्च २०१९ मा काठमाडौं गरिने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सीलको शनीबार बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पालाई औपचारिक रुपमा दक्षिण एसियाली निकायको समेत अध्यक्ष र महासचिवको जिम्मेवारी तोकेको छ । बैठकले दक्षिण एसियाली ओलम्पिक कमिटीको कार्यलय नेपालमा राख्ने समेत निर्णय गरेको छ । सन् १९८४ मा काठमाडौमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको समय देखि यो मुद्धा यथाबत रहदै नेपालमा अहिले निर्णय गरिएको जनाइएको छ ।
दक्षिण एसियाली ओलम्पिक कमिटीको र्चार्टर तयार गर्ने र अर्को बैठक सन् २०१७ मा भुटानमा बस्ने निर्णय समेत गरियो । बैठकको उद्घाटन गर्दै नेपाल ओलम्पिक कमिटी तथा दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले कार्यसमितीको बैठकमा बोल्दै नेपाल सरकारले आयोजनाको प्रश्ताब गरिसकेको बताए ।
दक्षिण एसियाली खेलकुदको पहिलो सस्करण सन् १९८४ मा नेपालमा भएको थियो भने सन् १९९९ मा आठौ सस्करण पनि नेपालमा भएको थियो । प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नेपालका लागि दक्षिण एसियाली खेलकुद आयोजना महत्वपूर्ण अबसर भएको बताए । बैठकमा पाकिस्तान, श्रीलंका ,बंगलादेश र भुटानका प्रतिनिधीको उपश्थिती थियो ।

Comment