प्याब्सन स्पोर्टस् मिटमा टप्सलाई थप दुई स्वर्ण

Manoj Shiama
15 December, 2014 6:54 pm

पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल र एथलेटिक्स सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत एथलेटिक्सतर्फ टप्सले थप दुई स्वर्ण हात पारेको छ।
सोमबार पोखरा रड्डशालामा भएको टप्सले छात्रातर्फ एक सय मिटर दौड र लङजम्पमा थप दुई स्वर्ण जितेको हो। छात्रा एक सय मिटर दौडमा टप्सका शशी चौधरी प्रथम, फिस्टेल एकेडेमीका खुसी सापकोटा द्वितीय र बेसलाइन एकेडेमीका नमुना कार्की तृतीय भएका छन्। यस्तै छात्रा सटपुटमा टप्सकै शशी चौधरी प्रथम, रिभरेडल स्कुलका संगीता बस्नेत द्वितीय र ढुंगेसाँघु बोर्डिङ स्कुलका मीना बोहोरा तृतीय भएका छन्। योसँगै टप्सले एटलेटिक्समा चार स्वर्ण जितेको छ। आइतबार मात्रै टेबुलटेनिसतर्फ न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलले तीन तथा हिलपोइण्ट हाइस्कुलले एक स्वर्ण जितेका थिए।
टप्सले यसअघि छात्रा सटपुट र छात्र १५ सय मिटर दौडमा पनि स्वर्णपदक जितेको थियो। एथलेटिक्समा टप्सले चार स्वर्ण जित्दा भाष्कर, सृजना, सोसल, मेरीगोल्ड र बेसलाइन एकेडेमीले भने एक–एक स्वर्ण जितेका छन् भने जुनियर फुटबलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले स्वर्ण जितेको छ।
सोमबार नै भएको एक सय मिटर छात्र दौडमा सृजना उमाविका राज बस्नेत प्रथम, बालोदय उमभाविका राजन थापा द्वितीय र भाष्कर मेमोरियल बोर्डिङ स्कुलका चविन पुन तृतीय भएका छन्। छात्र हाइजमपमा मेरीगोल्ड बोर्डिङ स्कुलका कविन पुन प्रथम, बालोदय उमाविका राजन थापा द्वितीय र शिशुकल्याण बोर्डिङ स्कुलका अमित ठकुरी तृतीय भएका छन्।
यस्तै छात्रा भलिबलतर्फ टप्स उमावि र केफ उमावि फाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा टप्सले नोभल इन्टरनेशनल स्कुललाई सोझो तीन सेटमा पराजित ग¥यो। बेस्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा उसले नोभललाई २५–१८, २५–१९ र २५–१२ ले पराजित गरेको हो।
अर्को खेलमा केफ उमाविले हिलपोइण्ट हाइस्कुललाई ३–२ को सेटमा पराजित ग¥यो। पहिलो सेट २५–२१ ले जितेको केफले दोस्रो सेट २५–२१, र तेस्रो सेट २५–२३ ले आÇनो पक्षमा पा¥यो। चौथो सेट २०–२५ ले हिलपोइण्टलाई सुम्पियो तर अन्तिम सेट केफले १५–१३ ले हात पार्दै आफूलाई उपाधिको नजिक बनाउन सफल भयो।अब मड्डलबार तेस्रो स्थानको ागि हिलपोइण्ट र नोभेलबीच प्रतिस्पर्धा हुनेछ भने टप्स उमावि र केफ उमाविबीच बुधबार फाइनल हुने प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए।
छात्रतर्फ समूह ए बाट हिलपोइण्ट हाइस्कुल र भाष्कर मेमोरियल बोर्डिङ स्कुल तथा समूह बी बाट मेरीगोल्ड बोर्डिङ स्कुल र रिभरडेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।सोमबार भएको खेलमा रिभरडेल स्कुलले नवदीप बोर्डिङ स्कुललाई २५–१७, २५–१८, भाष्कर मेमोरियल बोर्डिङ स्कुलले ताराकुञ्ज बोर्डिङ स्कुललाई २५–१२, २५–१०, मेरीगोल्ड बोर्डिङ स्कुलले नोभेल इन्टरनेशनल स्कुललाई २५–२१, २५–१४, पोखरा पब्लिक स्कुलले अल्फ बोर्डिङ स्कुललाई २५–१९, २५–२०, टप्स उमाविले हिलसाइड बोर्डिङ स्कुललाई २५–१६, २५–१४, रिभरडेल स्कुलले पोखरा पब्लिक स्कुललाई २५–१५, २५–९ ले पराजित गरेका छन्।
बेस्ट अफ फाइभका आधारमा खेलाइने प्रतियोगितामा मड्डलबार बिहान सात बजे हिलपोइण्ट र भाष्करबीच पहिलो तथा साढे आठ बजे मेरीगोल्ड र रिभरडेल स्कुलबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।  मड्डलबार नै पोखरा रड्डशालामा सिनियर फुटबलतर्फ सोसल पब्लिक स्कुल र नोभेल इन्टरनेशनल स्कुलबीच बिहान साढे सात बजे पहिलो तथा नेपाल आदर्श आउमावि र ताराकुञ्ज बोर्डिङ स्कुलबीच दिउँसो साढे दुई बजे दोस्रो सेमिफाइनल खेल हुनेछ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ। पुस २ गते औपचारिक कार्यक्रमबीच समापन कार्यक्रमको प्रमुख अतिथि शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित रहने प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए।