मन्त्री श्रीपालीद्वारा क्रिकेट पूर्वाधारको निरीक्षण

mantri sripalie
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले मूलपानी र कीर्तिपुरस्थित क्रिकेट पूर्वाधारको बुधबार निरीक्षण गरेका छन् ।
निरीक्षणका दौरान मन्त्री श्रीपालीले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, निर्माण कार्यमा सम्बद्धलाई निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले जानकारी दिए ।
मन्त्री श्रीपालीले अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रलाई चिनाउने प्रमुख माध्यम मध्ये एक खेलकुद पनि भएको बताउदै पूर्वाधारको विकासले पनि खेलाडीमा उर्जा थपिने धारणा व्यक्त गरे ।

Comment