निसाको सम्मानजनक हार

nisha rawale
रियो ओलम्पिकमा पराजयका बबाबजुद नेपालकी निसा रावलले आफू अन्तराष्ट्रिय प्रतियोगितामा प्रतस्पर्धा गर्न सक्षम थोरै नेपाली मध्य एक भएको पुष्टी गरेकी छिन् । महिला ६७ किलो भन्दा माथिको तौल समुहमा उनी आफू भन्दा एक दमै माथिल्लो स्तरक चिनिया खेलाडी झिङ सुयनसंग निसा २–० को साघुरो अन्तरले पराजित भइन् । उनै झेइङ्गले स्वर्ण पदक जितेकी थिइन्। उनले सबैभन्दा कम अन्तरले पराजित गरेको निसालाई नै हो । निसा फ्रान्सकी ग्वाल्डेज इपान्गेसंगको रिपाचे राउण्डमा ४–३ ले पराजित भइन् ।

Comment