शरणार्थीको विविध खेलकुद

sports refugeedरियो ओलम्पिक– २०१६ मा शरणार्थीलाई सहभागी गराएको अवसरमा काठमाडौंस्थित युएनएचसीएरले नेपालमा विभिन्न कारणले आफ्नो देश छोडी शरणार्थी जीवन बिताउन बाध्यहरुलाई एकिकृत गरी बिहीबार विविध खेलकुद प्रतियोगिता आयोजना ग¥यो ।महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा भएको एकदिने विविध खेलकुदमा एथलेटिक्स, टेबलटेनिस, ब्याडमिन्टन र फुटबलको प्रतिस्पर्धा भएको थियो ।
विविध खेलकुदको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी भएका नेपाली पहिलो पुरुष तेक्वान्दो खेलाडी दीपक विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । उनले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गरेर सहभागिता जनाएका थिए ।
सो अवसरमा विष्टले विश्वकै ठूलो खेलमेलामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रियो ओलम्पिकमा शरणार्थीलाई ओलम्पिकको झण्डामुनि रहेर सहभागिताको अवसर प्रदान गरेकोमा आईओसीप्रति आभार व्यक्त गर्दै आईओसीको यो कदमले खेलकुदमा कुनै विभेद हुँदै भन्ने उदाहारण पेश गरेको धारणा राखे ।

Comment