निसाको पहिलो चरणको भिडन्त उत्कृष्ट प्रतिद्धन्दीसंग

nisha rawale
रियो ओलम्पिकमा नेपालको सबैभन्दा चासो रहेको तेक्वान्दो ६७ किलो माथिको तौल समुहमा नेपालको पहिलो चरणमा भिडन्त चीनको झेंग सुइनसंग हुने भएको छ । २२ बर्षिय चीनीया खेलाडीसंग नेपालकी निसा रावलले बुधबार खेल्ने छिन् । सिनीयर तहमा उनको उपश्थिती बिश्व् तेक्वान्दोमा अनुमान गरिए झै नेदेखिए पनि जुनियर तहमा यी चीनीया तेक्वान्दो खेलाडी संसारको अब्बल दर्जाको खेलाडीको कोटीमा रहेकी थिइन् ।
सन् २०१० मा भएको युथ बिश्व च्याम्पियनसीपमा पहिलो भएकी उनी सिंगापुरमा भएको युथ ओलम्पिक खेलकी स्वर्ण पदकधारी हुन् । त्यसको एक बर्ष पछि भएको स्पेनिस ओपनकी उपविजेता चीनीया खेलाडी सन् २०११ को बिश्व च्याम्पियनसीपकी सहभागि हुन् । गत बर्ष कोरिया ओपनमा तेश्रो भए पनि निसासंग पहिलो चरणमा खेल्ने सुइन सन् २०१५ को पछिल्लो समय भन्दा फेरी सानदार फर्ममा रहेकी छिन् । एकै बर्ष इन्डोनेसिया ओपन,मिलीटरी बिश्व च्याम्पियनसीप,काजकस्तान ओपन र म्याखचेस्टरको ग्रान्डप्रीक्सको उपाधि विजेता सुइन सन् २०१६ को युएस ओपन र मनीलामा भएको एसियन च्याम्पियनसीपमा तेश्रो भएकी थिइन् ।
गत एसियाडबाट नेपाली तेक्वान्दोमा नया सम्भावनाको साथ उदाएकी निसाले त्यत्तिधेरै अन्तराष्ट्रिय प्रतियोगिताको अनुभब गरेको नभए पनि हङ्गकङ्गमा भएको एक प्रतियोगितामा स्वर्ण पदक पाएकी थिइन् । यीनलाई धेरैले स्वर्ण पदक जित्न सक्ने खेलाडीको रुपमा समेत ब्याख्या गरेका छन् । तथापी पहिलो चरणको दवाव चीनीया खेलाडी माथि हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा धेरै तेक्वान्दो पण्डिले अनुमान गरे भन्दा फरक नतीजा आए स्वर्ण पदकको भिडन्त खुल्ला रहने छ । अन्यथा सुइन सहित मेक्सीकोकी मारिया इस्पीनोजा, अमेरिकी ज्याकी ग्यालो र ब्रीटेनकी बाइन्का वाकडेनलाई नै उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ । मनीलामा भएको एसियन च्याम्पियनसीपको सेमिफाइनलमा दक्षिण कोरियाकी लिडा बिनसंग पराजित भए पनि बिन ओलम्पियकमा यस स्पर्धामा सहभागि छैनन्। सुइन डब्लुटिएफ ओलम्पिक ¥याङ्गकीङ्गकी दोश्रो बरियताकी खेलाडी हुन् भने निसा २८९ औ खेलाडी हुन् ।

Comment