रियो एथलेटिक्स टोलीको बिदाइ

athleticse
ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले शुक्रबार बिदाइ गरेको छ ।
एथलेटिक्समा पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा पुष्पराज ओझा रहेका छन् । बिदाइका अवसरमा टोलीलाई ट्रयाकसुट प्रदान गरिएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गंगाबहादुर थापा, एथलेटिक्स संघका महासचिव सुनील राजवंशी, सचिव आरके विष्ट, सदस्य सन्तोष श्रेष्ठ, ट्रयाकसुट प्रायोजक राम बोसलगायतले दशरथ रंगशालामा बिदाइ गरे । टोली आइतबार रियो प्रस्थान गर्दैछ । एथलेटिक्स अगष्ट १२ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment