पामलाई नेकोस जुडो उपाधि

judo pLM
पाम ‘ए’ ले नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । पामले ५ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो ।
३ स्वर्ण, १ रजत र १ कांस्यसाथ न्यु होराइजन ‘ए’ दोश्रो भयो भने तेश्रो स्थानको सीडब्लुसीएन ‘ए’ ले ३ स्वर्ण र १ रजत जित्यो ।पहिलो हुनेले ५ हजार १ सय ११, दोश्रोले ३ हजार १ सय ११ र तेश्रोले २ हजार १ सय ११ रुपैयाँनगद पुरस्कार हात पारे ।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय जुडो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषमा पाम ‘ए’ का रोशन दोङ तथा महिलामा केन्द्रीय डोजोकी पुनम श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।उत्कृष्टद्वयले समान १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा अन्तिम दिन पुरुष २५ केजीमा न्यु होराइजन ‘ए’ का सुरज शेर्पा, ३५ केजीमा पाम ‘बी’ का जनक तामाङ, ४५ केजीमा पाम ‘ए’ का उत्तम प्रधान तथा ५५ केजीमा पाम ‘ए’ कै विकास भुजेलले स्वर्ण जिते ।
त्यस्तै महिलाको २८ केजीमा पाम ‘ए’ की विनिशा भुजेल, ३६ केजीमा ओसिड ‘ए’ की अनिता श्रेष्ठ, ४४ केजीमा पाम ‘ए’ की स्वस्तिका सुवेदी, ५२ केजीमुनिमा सीडब्लुसीएन ‘ए’ की कविता नेपाली तथा ५२ केजीमाथि केन्द्रीय डोजोकी पुनम श्रेष्ठले पहिलो स्थान हात पारे ।
विजेतालाई सभासद रामवीर मानन्धर, नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष केशव विष्टलगायतले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीले १७ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Comment