ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटी वीच प्रायोजन सम्झौता

imee
ग्लोबल आइएमई बैंकले सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुन गईरहेको ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि आवश्यक पर्ने जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गरेको छ । प्रायोजन सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धन विभागका प्रमुख प्रसन्न बाँस्कोटा तथा ओलम्पिक कमिटीकोे तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर समेतलाई जर्सि, टिर्सट, ट्रयाक्सुट तथा स्र्पोट्स किट प्रायोजन गर्नेछ ।
ग्लोबल आइएमई बैंकले खेलकूदको माध्यमबाट नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहन स्वरुप जर्सि तथा स्र्पोट्स किट प्रायोजन गरेको हो ।

Comment