एपीएफ च्याम्पियन

apf teameनएससी महिला राष्ट्रिय क्रिकेट च्याम्पियनसीपको उपाधि एपीएफले जितेको छ । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई १० रनले पराजित गरेको हो । उपाधि विजेता एपीएफले एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँ पायो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको एपीएफले एक विकेट गुमाएर ६४ रन बनाएको थियोे । विजयी टोलीका सीता राना मगरले अविजित २९ तथा सरिता मगरले अविजित २२ रनको योगदान गरे ।
पूर्वाञ्चलले ५ विकेट गुमाएर ५४ रन जोडे । रुविना क्षेत्रीले अविजित १६ रन बनाइन् । प्रतियोगितामा उत्कृष्ट फिल्डर सब्नम राइ, उत्कृष्ट ब्याट्सम्यान लक्ष्मी चौधरी तथा उत्कृष्ट बलर सन्तोषी चौधरी घोषित भइन् । उनीहरुले ५÷५ हजार रुपैया पाए । सरिता मगर उमन अफ द सिरिज बनिन् । उनले १० हजार रुपैया पाइन् ।

Comment