ठकरीको अमेरिकामा अर्को सफलता

ujwol latesteअमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा जारीे युएसए मास्टर्स गेम्समा नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले दुई स्वर्ण पदक हात पारेका छन् । उक्त राष्ट्रिय खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरि गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई पÞmाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ काताको सिर्जना गर्न सफल भएका छन् । यस्तो प्रकारको पÞmाङ्ग गरेर किर्तिमान अहिले सम्म विश्वमै कसैले नगरेको ठकुरीले दाबी गरेका छन् । युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेल प्रतियोगिता २१ जुलाई देखि ३१ जुलाईसम्म चल्ने छ । यो राष्ट्रिय खेल सन् २०१६ बाटै सुरु भएको हो । हरेक दुई बर्षमा यसको आयोजना गरिने आयोजकले जनाएका छन् । उक्त राष्ट्रिय खेलमा कराते ,भकुण्डो ,भारत्तोलन ,भलिबल ,पौडी ,गल्फ ,बेसबल ,बास्केट बल लगायत अन्य चौबिस खेलहरु समाबेस गरिएका छन् । ठकुरीले २ मिनटको समय भित्र पम्परागत तेन्सो कातालाई सृजना गरेका हुन्। ठकुरीले अहिले सम्म १२ स्वर्ण,४ रजत र ४ कास्य जित्न सफल भएका छन् । जस मध्ये ८ वटा स्वर्ण पदक करातेमा ,कातामा १ स्वर्ण ,१ तेक्वान्दोमा र २ वटा करातेको ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका हुन् । ठकुरीले फांग गरेर दाँतले १ सय पौण्ड उठाउने प्रतिबद्धता सहित गिनिज विश्व पुस्तकको लागि अभ्यास गरि रहेका बताए । ठकुरीले हरेक खेलमा नेपालको झन्डा फरफराउने गरेका छन् ।

Comment