प्रतिभालाई जिताउन मैत्रीपूर्ण भलिबल

Manoj Shiama
18 July, 2016 8:07 pm

friednly volleyballe
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई भोटको सहयोगार्थ ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
नयाँ बसपार्कमा सोमबार भारतविरुद्धको मैत्रीपुर्ण खेलको तयारीमा रहेका महिला खेलाडीलाई निलो र रातोको दुई समूह बनाई मैत्रीपूर्ण खेल खेलेका थिए ।
खेलमा मञ्जु गुरुङको कप्तानीमा रहेको नेपाल निलो जित हात पारेको थियो ।प्रतियोगिताबाट विभिन्न खेलप्रेमीहरुको सहयोगबाट ३१ हजार रुपैया रकम संकलन भएको नेपाल भलिबल संघका सचिव तथा ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । उठेको रकममध्ये ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रबाट १६ हजार, एजेन्सीबाट १० हजार र नासा कलेजबाट नगद पाँच हजार रुपैया गरी ३१ हजार रुपैया संकलन भएको उनले जानकारी गराए ।
‘मैत्रीपुर्ण खेलबाट उठेको सबै रकम हामीले पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी प्रतिभा मालीलाई हस्तान्तरण गरिसक्यौ ।’ अध्यक्ष छन्त्यालले भने, ‘प्रतियोगिताबाट उठेको सहयोग रकमले प्रतिभालाई जिताउन मद्धत पुगोस भन्ने हाम्रो इच्छा हो । आशा उनले नै अवार्ड जित्नेछन् ।’यस्तै अध्यक्ष छन्त्यालले नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको सन्दर्भमा यो खेललाई तयारीको रुपमा लिइएको पनि बताए ।
नेपालले भारतसँग यही साउन १३ र १४ गते दुईदिन मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।