पुरुष खेलाडीको सुची यस्तो

maharaसाउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरा र फुटबलका विकेश कुथु मनोनयनमा परेका छन् । आयोजक खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङको संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको सात सदस्यीय खेलाडी छनोट समितिले २०७२ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शन तथा हात पारेको नतिजाको नतिजाको आधारमा मनोनयन सूचि तयार पारेको हो ।
उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका तेक्वान्दो खेलाडी वीरबहादुर महरा १२ औं सागमा ६३ केजीमुनिका रजत पदक विजेता हुन् ।सेमिफाइनलमा भुटानका छिमी वाङचुकलाई १७–५ र पहिलो चरणमा श्रीलंकाली दिलन सन्जीवालाई २०–१० ले पराजित गरेपछि फाइनलमा अफगानिस्तानका अहमद अली बक्सीसंग ९–१२ ले हारेका उनी पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएका हुन् । उनी पछिल्लो समय नेपालका उदाएका सबैभन्दा आकर्षक र प्रतिभासाली खेलाडी भएको ठहर पनि तेक्वान्दो कर्मीको छ । मिहेनती र हरेक दिन प्रगती गर्ने स्वभावका बिर बहादुरबाट महत्वपूर्ण सफलताको समेत अपेक्षा गरिन्च । फुटबलका नवयुग श्रेष्ठ बंगबन्धु गोल्डकपका सर्बोत्कृष्ट खेलाडी हुनुका साथै सर्बाधिक ४ गोल गरेका थिए । उनले माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गर्दै राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने पाचौं खेलाडी बनेका थिए ।१२ औं सागमा नेपाललाई स्वर्णपदक दिलाउने क्रममा उनले सर्बाधिक ७ गोल गरेका थिए । यस क्रममा उनले दुई ह्याट्रिक गर्दै दक्षिण एसियाली खेलकुदमा ह्याट्रिक गर्ने दोस्रो नेपाली बने । bikashnabayug
राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबसंगै उपविजेता उनी सर्बाधिक १४ गोल गर्न सफल भएका थिए । उनी उत्कृष्ट फरवार्ड घोषित भएका थिए । झापा गोल्डकप र मदन भण्डारी गोल्डकपमा च्याम्पियन टोलीका सदस्य उनी दुवैमा बेस्ट फरवार्ड भएका थिए ।
भारोत्तलनमा विकास थापा १२ औं सागका रजत पदक विजेता हुन् । ६ खेलाडी सहभागि ६२ केजी स्पर्धामा स्न्याचतर्फ १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० गरी कुल २ सय ४२ केजीसहित कुल २ सय ४२ केजी उठाउदै उनले करिअरकै सबभन्दा राम्रो प्रदर्शन गरेका थिए ।स्न्याचतर्फ रोशन नकर्मी (१ सय १० केजी) को १४ बर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका उनीे ४५ औं एसियाली भारोत्तोलन च्याम्पियनसिप (फुकेट,थाइल्यान्ड) मा सहभागि थिए । प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप २०६८ मा पनि उनले रजत जितेका थिए । साथै उनी १७ औं एसियाली खेलकुद र ११ औं सागमा पनि सहभागि थिए ।

उसुका राजेश चौधरी१२ औं सागमा ५६ केजीमुनिको स्पर्धामा रजत विजेता हुन् । उनीसान्सौमा फाइनल पुग्ने एक्लो नेपाली पुरुष खेलाडी हुन् । सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि उनी पहिलो चरणमा बंगलादेश र सेमिफाइनलमा श्रीलंकालीलाई हराएको । फाइनलमा भारतका रवि पांचलसंग पराजित आठौं एसियन जुनियर उसु च्याम्पियनसिपमा पनि उनी कांस्य पदक धारी हुन् ।

फुटबलका विकेश कुथु फुटबल बंगबन्धु गोल्डकप च्याम्पियन र १२ औं सागको स्वर्णपदक विजेता यू–२३ टिमका गोलकिपर हुन्। दुवै उपाधि २३ बर्षयता नेपालको लागि पहिलो हो । बंगबन्धुमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले ५ मध्ये चार खेलमा ‘क्लिन सिट’ पाए । प्रतियोगितामा १ गोल मात्र खाएको उनी १२ औं सागमा तीन खेलमा गोलपोष्ट सम्हाल्दा ४ गोल बेहोरेका थिए ।bikash बंगलादेशसंगको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लब उपविजेता हुदा सबभन्दा कम (६ गोल) बेहोरेका थिए । rajesh

Comment