कन्चनपुर र मनाङ्गलाई आर्चरीमा स्वर्ण

archary1
कन्चनपुर आर्चरी टिम र मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिम तेश्रो लक्ष्मण कुमार श्रेष्ठ स्मृती राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगिता २०७३ मा मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । स्टान्डर्ड तर्फ कन्चनपुरका रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले तुङ्गग्राम ईन्टरनेशनलका विकास सुवेदी र अक्षिता गुरुङ्गको जोडीलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । तेश्रो स्थानमा सेनाका प्रेम बि.क. र पुजा थापाको जोडी रहे । यस्तै रिकर्भ टिम ईभेन्ट (ओलम्पिक ईभेन्ट) मा मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिमका जित मोक्तान र सुनिता मोक्तानको जोडीले सेनाका खुम बहादुर कुमाल र ज्ञानु अवालेको जोडी माथी जित हात पार्दै स्वर्णलाई खल्तिमा हाले । कास्कीका अमृत गुरुङ्ग र रश्मी दर्लामीको जोडीले कास्य पदक पाए । यस्तै टिम ईभेन्ट्स तर्फको रिकर्भमा कास्कीका अमृत गुरुङ्ग, अशिम शेरचन र होम थापाको जोडी तथा स्ट्यान्डर्डमा स्वयंभु आर्चरी क्लबका शंकर गुरुङ्ग, कर्मा वाङ्गचुक गुरुङ्ग र उर्जेन फुन्सुक दोर्जे गुरुङ्गको जोडीले कास्य पदक प्राप्त गरे । प्रतियोगिताको फाईनल शुक्रबार हुने आयोजकले जनाएका छन् । यस अघि प्रतियोगिताको उद्घाटन संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द प्रसाद पोखरेलले गरेका थिए ।

Comment