एथलेटिक्स शनिबार

उपत्यकाव्यापी बौद्धिक अपाङ्गता भएकाहरुको एथलेटिक्स प्रतियोगिता शनिबार हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल पारा ओलम्पिक कमिटीले आयोजना गर्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा पुरुष÷महिलाको ५० मिटर, १ सय मिटर र सफ्टबलथ्रो गरी जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका महासचिवकुमार पौडेलले जनाएका छन् । एकदिने प्रतियोगितामा ८० प्रतिस्पर्धी सहभागी हुने बताइएको छ ।

Comment