¥याफ्टिङमा न्यौपानेको निरन्तरता

?
?

नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको साधारणसभाले मनबहादुर न्यौपानेलाई अध्यक्षमा निरन्तरता दिदै शुक्रबार २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।पाँच उपाध्यक्षमा विष्णुबहादुर सिंह, गोविन्दप्रसाद थपलिया, सन्तोष पन्त, कुमार रानाभाट तथा सूर्यप्रसाद जोशी रहेका छन् । सुदीपराज गौतमले महासचिव, श्याममदन केसीले सचिव तथा हीराबहादुर खाँडले कोषाध्यक्षको जिम्मेवारी पाए ।
त्यस्तै शोभादेवी भण्डारी, नरेश कार्की, राधाकृष्ण विष्ट, चेतराज कँडेल, चन्द्रमान लामा, कुमार श्रेष्ठ, सुनील अर्याल, सरोज श्रेष्ठ, रिता अधिकारी, महेश थापा तथा रामेश्वर अर्याल सदस्यमा चयन भए ।
सुशीलकुमार भण्डारी र महेन्द्रसिंह थापा उपाध्यक्ष तथा माधवकुमार बस्नेत, पवनकुमार थापा र दीपक भुजेल सदस्यमा मनोनित भए ।
पूर्व सांसद् झकबहादुर पुन प्रमुख सल्लाहकार तथा विक्रमकुमार न्यौपाने सल्लाहकारमा चयन भए । राष्ट्रिय पारालिम्पक कमिटी नेपालका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटीलाई साधारणसभाले मानार्थ अध्यक्षमा सर्वसम्मत चयन ग¥यो ।
पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । यसअघि साधारणसभाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

Comment