प्रथम दक्षिण एसियाली मार्सल आर्ट

imgc
प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सवको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घले जनाएको छ । नेपाल खेलकुद पत्रकार मंचमा भएको पत्रकार सम्मेलनमा मंसिर २५ देखि २७ सम्म दशरथ रङ्गशालाको कर्भडहलामा संचालन हुने उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवमा नेपालसहित भारत पाकिस्तान, बंगलादेश, अफगानिस्तान र युगान्डाले सहभागिता जनाउने छन् । किक बक्सिङ उमा कम्फु र जितकुन्डो खेलमा नेपालका करिब दुई सय र विदेशी खेलाडी ७० जना खेलाडीले महोत्सवमा युद्धकलाको प्रर्दशनी खेल देखाउने महासङ्घको कार्यबहाक अध्यक्ष निरन खड्काले जानकारी दिनुभयो ।
त्यस्तै आइटिएफ तेक्वान्दो, किक बक्सिङ, उमा कम्फु र जितकुण्डो खेलमा मैत्रीपूर्ण प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । करिब १९ लाख ३० हजार खर्च लाग्ने उक्त महोत्सवका लागि राष्ट्रिय खेलकुद परिषद्ले चार लाख दिएको उत्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Comment