रुष जाने टोलीको विदाइ

बरिष्ठ मुख्य साहयक प्रशिक्षक संगीना बैद्य र ओलम्पिक कमिटीको नेतृत्वको साथमा तेक्वान्दो टोली
बरिष्ठ मुख्य साहयक प्रशिक्षक संगीना बैद्य र ओलम्पिक कमिटीको नेतृत्वको साथमा तेक्वान्दो टोली

रसियाको याकुजमा ५ देखि ७ जुलाईसम्म हुने छैटौं चिल्र्डेन अफ एसिया अन्तर्राष्ट्रिय स्पोर्टस गेम्समा सहभागी हुने नेपाली टिमको विदाई गरिएको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार एनओसी भवनमा आयोजित विदाई कार्यक्रममा खेलाडी, टिम म्यानेजर तथा प्रशिक्षकको विदाई गरे ।
प्रतियोगितामा आठ खेलाडी, तीन कोच र दुई टिम म्यानेजरको सहभागीता हुँदै छ । प्रतियोगिताको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट रहेका छन् ।सहभागी हुने खेलाडीमा बक्सिङतर्फ विशाल श्रेष्ठ र कुशुम तामाङ छन् बक्सिङको टिम म्यानेजरमा शान्ति सिंह छिन् भने कोचतर्फ निमा तामाङ छन् । त्यसैगरि तेक्वान्दो खेलाडीमा दक्षिणा ठाकुर र गोविन्द्रबहादुर आले रहेका छन् भने कोचमा गोविन्द प्रसाद शर्मा रहेका छन् । त्यसैगरि टेबलटेनिसका खेलाडी सन्तु श्रेष्ठ र दिक्षा तामाङले प्रतिस्पर्धा गर्ने छन् । टेबलटेनिस टिम म्यानेजरमा उपेन्द्रकुमार पौडेल रहेका छन् । जुडोको खेलाडीमा रोशन बहादुर दोङ, सद्धा कुमारी खत्री छन् । जुडोको कोचतर्फ मोहन सुनुवार छन् । सहभागी खेलाडीहरुको उमेर १५ वर्ष मुनि रहेको छ ।

Comment