स्तरीय टोलीका सम्भावना बोकेका पात्र सक्षम

sakchyam karki5
उनी कोटेश्वरकै नबव्योती स्कुलमा आठ कक्षामा अध्ययन गर्दै थिए । त्यसै समयमा कोरियन एम्बडस्डर तेक्वान्दो प्रतियोगितामा उनले चिनेको रञ्जन श्रेष्ठ सानदार प्रदर्शन गर्दै बेस्ट फाइटर समेत भए । रञ्जनको त्यसै खेलबाट आकर्षित सक्षम कार्की तेक्वान्दोमा प्रबेश गरेको धेरै भएको थिएन । तथापी सक्षमलाई राम्रो खेलाडी बन्ने जंग चल्यो । त्यसै लक्ष्यका साथ मिहेनत गर्दै गए । यसैको प्रतिफल हो, उनकै प्रेरणाका श्रोत रञ्जन र सक्षम दुवै तेक्वान्दो राष्ट्रिय टोलीमा आबद्ध छन् ।
६ बर्ष अघि कोटेश्वरमा रहदा उनका गुरु थीए , राजिव बस्नेत । उनको तेक्वान्दो शिक्षालय महादेबस्थानबाट जडीबुटीमा स¥यो । नेपाली तेक्वान्दोको पायनीयर शक्ति कोटेश्वर तेक्वान्दो डोजाङ्ग, सुरुमा राजिव र त्यस पछि प्रशिक्षक नबीन श्रेष्ठको अभिभाकत्व र रञ्जनको भातृत्वपूर्ण उपश्थिती उनका लागि सहयोगी बन्यो । असोक लामा देखि कोटेश्वरका सबै प्रशिक्षकका यी प्रीय खेलाडी नेपाली तेक्वान्दोमा जम्न लामो समय लागेन । बाबु भैरब कार्की युवा अबस्थामा तेक्वान्दो खेलाडी नै थिए । सक्षमको महत्वाकांक्षा र उपलब्धी चुलीदै जादा उनले आफूलाई पनि तेक्वान्दो खेलमा समर्पीत गरे । sakchya,1
तेक्वान्दो खेल्न थालेको तीन बर्षमा सक्षम राष्ट्रिय टोलीमा प्रबेश पाउन सफल भए । राष्ट्रिय टोलीमा प्रबेश गरे पछि पनि उनी दुइ पटक घरेलु स्पर्धामा पराजयको सामना गरे । उनले सकरात्मक लिए, “हरेक खेलले केही सिकाउछ । आफूले गल्ती गरेर हार्ने हो । यसले आफूलाई सम्हालीन सिकाउछ । प्रतिस्पर्धीकै खेलबाट केही सिक्ने अबसर पनि पाइन्छ । ” उनको यसै सकरात्मक सोच राष्ट्रिय टोलीका प्रबेशको एउटा मुख्य कारण हुन सक्छ । डोर टु डोरमा उत्कृष्ट भए पछि राष्ट्रिय टोली प्रबेशका लागि उनले सामना गरेका थिए, आशिष मर्हजनको । उनको आफ्नो प्रतिस्पर्धीलाई एकदम सम्मान गर्थे । उनले त्यो भीडन्तलाई एकदमै सकरात्मक लीए । “जिते राष्ट्रिय टोलीमा प्रबेश । हारे, राम्रो खेलाडीसंग केही सिक्ने अबसर । ” आशिषसंगको त्यो खेल उनलाई अझ याद छ । उनका आदर्श पुरुष रञ्जन नै एरिनामा सक्षमको प्रशिक्षकको रुपमा रहेका थिए । रञ्जनलाई आशिषको बारे, सबै जानकारी थियो । त्यसै जानकारी सक्षमको राष्ट्रिय टोली प्रबेशको बाटो बन्यो ।
हाल नेपाल आर्मी क्लबमा आबद्ध उनलाई साग खेलको अनुभब ताजै छ । रेजिना कार्कीको दुर्भाग्यपूर्ण हारले दुखी नेपाली बृत्तमा ज्ञानी चुनारा र यान कुमारी चौलागाइ फाइनलमा हारे पछि दवाव बढेको थियो । अन्तिम दिन चार जनाको खेल बाकी थियो । कप्तान आयशा शाक्यको अत्यन्त सकरात्मक सोच । उनले टोलीको आत्मबल कमजोर हुन दिइनन् । अन्तिम दिन आयशा सहित चार खेलाडी फाइनल प्रबेश गरे । सबै आफ्नो खेलमा केन्दिृत थिए । त्यो दिन पनि नेपालका लागि त्यत्ति सुखद रहेन । भारतसंग उनी ३–० ले पछि रहेको अबस्थामा सामान्य कमजोरीका कारण खेल ३–३ को बराबरी हुने अबस्था भए पनि ६–० भएको थियो । त्यस पछि सक्षमले आफ्नो लय गुमाए । sakchyam4
नेपालले स्वर्ण पदक जित्न नसक्नुले धेरैको आलोचनाको शिकार भए पनि सक्षम अझै यो राष्ट्रिय टोलीमा बिश्वास रहेको बताउछन् । जुन उमेरमा खेलाडीको स्तर बढ्ने हो धेरै खेलाडी त्यो उमेरमा पुग्नै बाकी छ । सक्षम आफै २० बर्षका हुन् । अन्य खेलाडी पनि त्यत्ति धेरै उमेरका छैनन् ।
सक्षमको साथमा आत्मबिश्वासी र लक्ष्यमा प्रतिबद्ध बिर बहादुर महरा, स्तरीय खेलाडी ज्ञानी चुनारा, सिंगो समय तेक्वान्दोमा समर्पीत गर्ने रञ्जन श्रेष्ट, त्यत्तिकै स्तरीय मोहम्मद ओएस , हरेक अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने निमा गुरुङ्ग । त्यसै टोलीकी रेजिना कार्की । साथमा छिन्, ओलम्पिक खेल्दै गरेकी निसा रावल । सबै राम्रा खेलाडी हुन् । यीनीहरुमा एउटै समानता छ, यी सबैको उमेर उस्तै छ , आफूलाई सुधार गर्ने प्रशस्त समय छ । कप्तान आयशा कहिल्यै आत्मबल कमजोर हुन दिन्नन् । यानकुमारीको अनुभब अन्यका लागि पनि प्रेरणा बनेको छ । टोलीका अन्य खेलाडी पनि कमजोरै होइनन्। यसकारण तेक्वान्दो राष्ट्रिय टोलीको स्वरुप हेर्दा यो नै अहिलेको नेपाली खेलकुदमा सबैभन्दा सम्भावना बोकेको राष्ट्रिय टोली हो ।
पछिल्लो समय यस टोलीले केही राम्रा खेलाडीको सामना ग¥यो । साग खेलमा बलियो अफगानी टोली र सुधार गरेको भारतीय टोलीसंग नेपालको धेरै बाउटमा भेट भएको थियो । त्यसको लगत्तै फीलीपीन्समा भएको ओलम्पिक छनोट र एसियन च्याम्पियनसीपमा नेपालले सहभागिता जनायो । ओलम्पिक छनोटमा निमाले काश्य पदक जित्दा एसियन च्याम्पियनसीपमा सक्षमले दक्षिण कोरियाका शिर्ष बरियातका खेलाडी किम योंगको सामना गरे । दुइ राउण्ड सम्हालीएका उनी तेश्रो राउण्डमा लय गुमाउदै ६–२ ले परािजत भएका थिए ।
त्यसो त खेलकुदको सरोकारवाला निकायको तेक्वान्दो प्रति सद्भाव देखिएन । प्रतियोगितामा खेल्ने सरहको इक्वीमेन्टमा अभ्याष । नियमित र ब्यबस्थित प्रशिक्षण । अनी महत्वपूर्ण प्रतियोगितामा बिना दवाव सहभागिताको अबसर, खेलाडीका नैसर्गीग हक हुन् । प्रशस्त सम्भावना बोकेको यो टोली सरोकारवालाबाट त्यसै नैसर्गीक हकबाट बन्चित भए झै देखिन्छ । अन्यथा तेक्वान्दोको राष्ट्रिय टोली नेपाली खेलकुदको अझै स्तरीय टोली हो । त्यसै स्तरीय टोलीका एउटा पात्र सक्षम कार्की ।

Comment