जुडो स्टार फूपु ओलम्पिकमा सहभागी हुदै

phupu
१२ औ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता फुपु ल्हामु खत्रीले आसन्न रियो ओलम्पिकका लागि वाइल्डकार्ड पाएकी छिन् । ओलम्पिक स्करलरसीपबाट हंगेरीको बुढापेस्टमा प्रशिक्षणरत रहेकी फूपु नेपाली खेलकुदकै समकालीन उत्कृष्ट खेलाडीको कोटीमा रहेकी छिन् । साग खेलको सफलता पछि फूपुले सो सफलता अन्तिम लक्ष्य नभइ आफ्नो जुडो यात्राको एउटा खुड्कीलो भएको प्रतिक्रिया दिएकी थिइन् । नेपाली जुडोकर्मी फूपुमा थुप्रै सम्भावना रहेको धेरै लामो समय देखि उनलाई नजीकबाट नियालेका नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठ बताउछन् । सुरुमा चन्द« डंगोल र लिला अधीकारीको प्रेरणाले यस खेलमा प्रबेश गरेकी फूपुको जिवनमा धर्म सहित दिपक कृष्ण श्रेष्ठ र रमेस मगरको भुमिका पनि त्यत्तिकै महत्वपूर्ण छ । साथै उनले अन्य प्रशिक्षक , टोलीका खेलाडी, पारिवारिक सदस्य र जुडो परिवारको सहयोगका कारण सफलता पाउदै आएका बताउदै आएकी छिन् । उनले आफ्ना हरेक सफलताहरु हिम पहिरोमा ज्यान गुमाएका दिवंगत बाबु दोर्जे खत्री प्रति समर्पीत गर्दै आएकी छिन् । उनी उमेर समुहको एसियाली च्याम्पियनसीपको पनि पदकधारी खेलाडी हुन् ।

Comment