स्किको शुभकामना कार्यक्रम

skie
विन्टर ओलम्पिकको प्रतिनिधित्व गर्ने नेपाल स्की संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा स्की संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डेलाई भब्य बनाउन यसपटक विगतको भन्दा व्यापक कार्यक्रम आयोजना गरिएको बताए । उनले ओलम्पिक डे खेलाडी र खेल पदाधिकारीका लागि मात्र नभइ सम्पूर्ण मानव जातीको सरोकारको विषय हुनु पर्नेमा जोड दिदै ओलम्पिक डेको स्मरण गर्न प्रतियोगिताका अलावा अन्य विभिन्न कार्यक्रम आयोजना गरी मनाउन सकिने धारणा व्यक्त गरे ।
ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले खेलकुद सम्पूर्ण राष्ट्रलाई एक सुत्रमा बाँध्ने माध्यम भएको विचार व्यक्त गरे ।
कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

Comment