साग कुस्ती पदक विजेता सम्मानित

kusti1
भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगद सहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ६० केजी तौलसमूहमा रामबाबु यादव र ६५ केजीमा सरोज यादवले कांस्य जितेका थिए । राज मोहम्मद अन्सारी अध्यक्ष रहेको नेपाल कुस्ती संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राखेप सदस्य उपेन्द्र पौडेल र अध्यक्ष अन्सारीले उनीहरुलाई नगद १०–१० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा टिम प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत र धर्मराज यादव तथा व्यवस्थापक साहिल अन्सारीलाई पनि नगद ५–५ हजारसहित सम्मान गरिएको थियो ।

Comment