बिद्यालय ह्याण्डवलका खेलजारी

hand ball1
दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगितामा मंगलबार पनि पोखरामा पहिलो चरणका खेलहरु जारि रहे । मंगलबार सम्पन्न छात्रा तर्फको खेलमा माउन्ट अन्नपुर्ण उच्चमावी, गण्डकी उच्च मावी, लिटिल स्टेप, ज्ञानज्योती, पोखरा लनर्स, पोखरा एकाडेमी, गुरुकुल, जनप्रिय र सोसियल पव्लिकले जित हात पारे ।
शसस्त्र प्रहरी कालिकागणको खेल मैदानमा जारि छात्र तर्फको खेलमा प्रतियोगितामा माउन्ट अन्नपुर्ण उच्च मावी, कुमुदिनी होम्स, रेन्वो एकाडेमी, गण्डकी उच्चमावी, चिल्डे«न एकाडेमी, कान्तीपुर पोखरा लनर्स, सरस्वती, लिटिल स्टेप शैनिक आबासीय महविद्यालय र सोसियल पव्लिकले आ–आफ्ना खेलमा जित हात पारे । विद्यालय ह्याण्डबल संघका सचिव खिम गुरुङ्गका अनुसार बुधवार मध्यान्न सम्मलिग चरणका खेल हरु सम्पन्न हुने र क्वाटर फाइनलका खेलहरु संचालन हुनेछन ।
ह्याण्डवल खेलको बिद्यालयस्तरबाटै विकास र विस्तार गर्ने उद्धेश्यले ओलम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजनागरीएको संघ कास्कीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक असोक साहीले बताए । प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका छात्रतर्फ १७ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमाट्रफी, मेडल र प्रमाण–पत्रवितरण गरीने भएको छ । प्रतियोगितामा एकता बुक्स डिष्ट्रिब्युटर्स काठमाण्डौंको मुख्य प्रायोजनमा भएको हो ।

Comment