एकता बिद्यालय ह्याण्डवल प्रतियोगिता सुरु

handball1

दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगितामासोमबार भएको छात्र तर्फ भएको उदघाटन खेलमा सैनिक आवाशिय महाविद्यालयले पोखरा लनर्सलाई ३०–६ को भारि गोल अन्तर पराजित गरेको छ । सोमबार सम्पन्न छात्र तर्फको अन्य खेलमा सरस्वतीले रेन्वोलाइ १९–०३ ले सोसियल पव्लिकले वेल नोन एकाडेमी लाई १९–०२ ले, माउन्ट अन्नपुर्णले चिल्डे«न एकाडेमीलाई १५–१२ ले, जनप्रियले त्रिवेणीलाई १४–०२ गोलले पराजित गरेका छन् ।
यसै गरि छात्रा तर्फ भएको खेलमा माउन्ट अन्नपुर्णले जनप्रियलाई ४–१ले, लिटल स्टेपले शान्ति दिपलाई १२–१ ले ज्ञानज्योतीले वेल नोनलाई १२–१ ले, एसओएस ले त्रिवेणीलाई ३–१ ले सोसियल पव्लिकले कान्तीपुर एकाडेमीलाइ ३–२ ले, गण्डकीले पोखार लर्नस लाई १५–०२ र सृजनाले पोखरा एकडेमीलाई ५–३ गोल अन्तरले पराजित गरे।
नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले उक्त प्रतियोगिताको उद्घाटन गरे । जल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ पनि कार्यक्रममा उपश्थित थिए । ह्याण्डवलको बिद्यालयस्तरबाटै विकास र विस्तार गर्ने उद्धेश्यले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरीएको संघ कास्कीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक असोक साहीले बताए । प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका छात्रतर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरीने भएको छ ।
शसस्त्र प्रहरी कालिका गणको खेल मैदानमा चार दिनसम्मसंचालन हुने प्रतियोगिता सम्पन्न गर्न करीब २ लाख ७० हजार खर्च लाग्ने भएको विद्यालय ह्याण्डबल संघ कास्कीका सचिव खिम गुरुङले बताए । प्रतियोगितामा लिग र नक आउट चरण गरि कुल ६८ खेलहरु हुनेछन । प्रतियोगिता कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघको आयोजना, नेपाल ह्याण्डवल संघको तत्वावधान, नेपाल ओलम्पिक कमिटिको बिषेश सहयोगमा, एकता बुक्स डिष्ट्रिब्युटर्स काठमाण्डौंको मुख्य प्रायोजन भएको हो ।

Comment