इन्डोर आर्चरीमा रमेश, आइशा र प्रसादालाई उपाधि

archary4

ओलम्पिक दिवसको अवसरमा नेपाल आर्चरी संघको आयोजनामा प्रथम खुल्ला इन्डोर आर्चरी प्रतियोगिता २०१६ आइतबार सम्पन्न भयो । स्वयम्भु रिक्रियसन सेन्टरमा आयाजित उक्त प्रतियोगितामा रिकर्भ पुरूष, रिकर्भ महिला र कम्पाउण्ड महिला पुरुष बिधा तर्फको ब्यक्तिगत स्पर्धामा २५ जना खेलाडीहरुको सहभागिता थियो । रिकर्भ पुरुषमा रमेश भट्टचन पहिलो, प्रकाश गुरुङ दोश्रो र ओङ्ग्याल गुरुङ तेश्रो भए । त्यस्तै रिकर्भ महिलामा आइशा तामाङ प्रथम, ग्यानु अवाले दोश्रो र अनिता गुरुङ तेश्रो भए ।
कम्पाउण्ड महिला पुरुष कम्बाइन्ड राउण्डमा प्रसादा आचार्य प्रथम, सनातन मल्ल दोश्रो र प्रजीत अग्रवाल तेश्रो भए । प्रतियोगितामा १८ मिटर इन्डोर राउण्डमा तीन एरोहरुको १० पटक लगातार ४० से.मि. टार्गेटमा हानी क्वालिफिकेसन राउण्डको आधारमा एलिमिनेसन राउण्ड गर्दै फाइनल नक आउट राउण्ड भएको थियो । प्रतियोगिताको उद्घाटन तथा समापन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले गरे । बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै श्रेष्ठले खेलाडी आर्चरी सम्भावना भएको खेल हुनाले उच्च मनोबल राखी खेललाई निरन्तरता दिन प्रोत्साहन गर्ने बताए ।
संघका अध्यक्ष दिपक गुरुङले खुल्ला इन्डोर आर्चरी प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रतिबद्दता ब्यक्त गरे ।

Comment