दौड शनिबार

नेपाल एथलेटिक्स संघको आयोजनामा दौड प्रतियोगिता शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । पुरुष÷महिला दुवैतर्फ १ हजार ६ सय मिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका करिब २ सय ५० प्रतिस्पर्धी सहभागी हुने एथलेटिक्स संघका सदस्य एवं प्रतियोगिता संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । प्रतियोगिता ओलम्पिक डेको उपलक्ष्यमा हुन लागेको हो ।

Comment