एपिएफ र शिवपुरी फाइनलमा

fencinge
सशस्त्र प्रहरी बलको एपिएफ क्लब र शिवपुरी फेन्सिङ्ग क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको ईपी स्पर्धामा पुरुष टिम ईभेन्ट्समा फाईनल प्रवेश गरेका छन् । नेपाल फेन्सिङ्ग संघद्वारा आयोजित प्रतियोगितामा एपिएफले नेपाली सेनको टिमलाई र शिवपुरीले पेन्टाथलन फेन्सिङ्ग क्लबलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपको महिला तर्फ ईपी टिम ईभेन्ट्समा एपिएफले शिवपुरी फेन्सिङ्ग क्लबलाई पराजित गर्दै फाइनलमा सेनाको टिम संग उपाधीको लागि भिड्ने भएको छ । सेनाले कास्की फेन्सिङ्ग संघलाई पराजित गर्दै फाईनलमा स्थान बनाएको थियो ।
दुई दिन सम्म संचालन हुने प्रतियोगिताको ईपी पुरुष व्यक्तिगत स्पर्धामा एपिएफका सुकीराम तामाङ्ग, जङ्गा गिरी, राम बहादुर शाही र धापासीका ओमकार सिंह अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । दुई बर्ष अगी गठन भएको नेपाल फेन्सिङ्ग संघले एशियन प्रतियोगिता लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनुका साथै उच्च नतिजा हात पार्न सफल भई सकेको संघका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी गराए ।
नेपली सेना, एपिएफ, धापासी, पेन्टाथलन फेन्सिङ्ग क्लब, शिवपुरी फेन्सिङ्ग क्लब, कास्की फेन्सिङ्ग संघका गरि ४५ पुरुष र ३५ महिला खेलाडीहरुले सहभागिता जनाएको च्याम्पियनसिपको बिहिबार एक समारोह विच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डि शेर्पाले खेलाडीहरुलाई खेल सामाग्री प्रदान गर्दै उद्घाटन गरेका थिए ।

Comment