राष्ट्रिय क्यानोनिङ्ग रन्देभु सम्पन्न

kanoying photoe
नेपाल क्यानोनिङ्ग एशोसिएसनले जुन ३ र ४ मा क्यानोनिङ्ग रन्देभू नुवाकोट जिल्लाको थानापाती गा.वि.स को थापागाँउमा रहेको छहरे झरनामा सम्पन्न गरेकोछ । सन् २०१३ मा पहिलो पटक भोटेकोशीमा राष्ट्रिय क्यानोनिङ्ग रन्देभूमा १५० भन्दा बढि स्वदेशी तथा विदेशी क्यानोनिङ्ग प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराएर सफल आयोजना गरेको नेपाल छाँगावरोहण संघले दोश्रो पटक छहारे क्यानोनमा २०० भन्दा बढि स्वदेशी तथा विदेशीका साथै पत्रकार तथा पर्यटकीय संघ सस्थाको अतिथिहरुको सहभागीतामा घुम्फिर बर्ष २०७३ को अवसरमा सम्पन्न गरेको छ । टानका प्रथम उपाध्यक्ष राम प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको शुरु भएको यस रन्देभूमा विभिन्न संघ सस्था तथा पर्यटन व्यवसायीहरु, कलेजका युवा विद्यार्थीहरुका साथै विदेशी पर्यटकहरुको सहभागीतामा धुमधामका साथ सम्पन्न भएको हुनाले यो विधालाई प्रचार प्रसारको लागि निकै सहयोग पुगेको संघका अध्यक्ष राजेन्द्र बहादुर लामाले बताए ।
नेपाल क्यानोनिङ्ग एशोसिएसनले आफ्नो बार्षिक कार्यक्रम अनुसार पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपाल क्यानोनिङ्ग एशोसिएसनले यस झरनामा क्यानोनिङ्ग गाइड ट्रेनिङ्ग पनि भइरहेको छ । संघले करिब २० जनालाई क्यानोनिङ्ग तालिम दिइ रहेको यस झरना भर्खरै मात्र एक्सप्लोरेसन गरेको छ ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धन, टानको सह–आयोजना तथा पर्यटनसँग सम्बन्धित संघ सस्था र व्यवसायीहरुको सहयोगमा हुन लागेको यस रन्देभूमा २०० भन्दा बढि सहभागीहरु भएको यस आयोजनाले नेपालका पर्यटन व्यवसायीहरुले अबका दिनहरुमा पर्यटकहरुलाई यो प्रोडक्ट पनि चिनाउनु पर्ने कार्यक्रम समापन समाहरोहमा पुग्नु भएका टानका महासचिव कर्ण लामाले विचार राखे ।

Comment