विमला सम्मानित

bimala pheri sammanit
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालबाट एक्लो पदक विजेता कराते खेलाडी विमला तामाङलाई अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपालले शनिबार नगदसहित सम्मान गरेको छ ।
तीनकुनेस्थित होटल नेसनल भिजनमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विमलालाई नगद १ लाखसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा दाहालले प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरे ।
अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपालका अध्यक्ष रवि गौतमका अनुसार हाल अमेरिकाको न्यु योर्कमा बसोवास गर्दै आएका संघका संस्थापक शान्ताबहादुर ठोकर र संघका पदाधिकारीहरुबाट रकम संकनल गरी विमलालाई सम्मान गरिएको हो ।
१७ औं एसियाली खेलकुदको करातेतर्फ महिला एकल कातामा विमलाले कांस्य जितेपछि नेपाल पदकविहीन हुनबाट जोगिएको थियो ।

Comment