क्रिकेटमा मध्यमाञ्चललाई स्वर्ण

rastra pati cricketeयुवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिता आठौ राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत क्रिकेटमा मध्यमाञ्चल फाइनलमा मध्यपश्चिमाञ्चललाई सजिलै ३४ रनले हराएर च्याम्पियन बन्यो । टस जिती पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
मध्य पश्चिमाञ्चल जवाफमा १९.४ ओभरमा १२३ रनमा अलआउट भयो । सुरज तिमल्सिनाले चार र मुकेश शाहले तीन विकेट लिएपछि मधपश्चिमाञ्चलको पाली धराशायी भएको हो ।
तीनदिने प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव लक्षमणप्रसाद मैनाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

Comment