राष्ट्रपति रनिङ सिल्डमा विपना सर्वोत्कृट खेलाडी

bipanae
चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियारआठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् ।
युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपनाविद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसंग मिलेर स्वर्ण हात पारिन् । सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह–सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको सो पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।
मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।

Comment