अशिष र सरस्वती भियतनामतर्फ

ashish and sarawati1
सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मंगलबार भियतनामको होचीमिन्ह सिटी प्रस्थान गरेको छ ।जुन ३ देखि ६ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा आशिष खत्री र महिलामा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने छन् । दुवैले १ सय र २ सय मिटर दौडमा भाग लिने छन् ।
टिम व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट रहेका छन् । उनीहरुलाई एथलेटिक्स संघका महासचिव सुनील राजवंशी र एथलेटिक्स मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बिदाइ गरे ।

Comment