अस्मितालाई स्वर्ण

bado1
नेपालकी अस्मिता छन्त्यालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् ।
बसुन्धारामा भएको महिला खुला तौलसमूहको फाइनलमा अस्मिताले भारतकी अर्मिन मुजाफिरलाई पराजित गरिन् । नेपालकी रविना तामाङ र भारतकी विनिता गोद्सरा संयुक्त रुपमा तेश्रो भए ।
नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २० केजीमा विन्साङ लामा र सोनाम लामा २५ केजीमा सुरज लामा र निरज योञ्जन, ३५ केजीमा पासाङ लामा र सन्योग पुरी, ४० केजीमा प्रशान्त श्रेष्ठ र दिनेश छन्त्याल तथा ४५ केजीमा सुवास लामा र विकबहादुर थामी नेपालको तर्फबाट सेमिफाइनलमा पुगे ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा विभिन्न ५ राष्ट्रका २ सय ८५ खेलाडीको सहभागिता रहेको वादोरियोका प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।

Comment