किङ खानइन्डोर हक्की हुने

hockeye
दुबईको करिब २० वर्ष पुरानो किङ खान हक्की क्लबको प्रायोजनमा प्रथमकिङ खान नेपाल इन्डोर हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा प्रतियोगिता जेठ १६ र १७ गते, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजक मध्येको एक हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नकआउट आधारमा हुने प्रतियोगितामा आयोजक क्लब सहित ८ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र पाठकले जानकारी दिए । सहभागी हुने अन्य टिमहरुमा किङ खान हक्की क्लब, दुबई, त्रिभूवन आर्मी क्लब, रोयल गोर्खा स्पोर्ट्स सर्कल, महेन्द्रनगर, एसएम स्पोर्ट्स क्लब, जनकपुर, मानसरोवर युथक्लब, हुम्ला, पोखरा हक्की क्लब, पोखरा तथा महेन्द्रनगर युनाइटेड क्लब, कञ्चन्पुर रहेका छन् ।
किङ खानका अध्यक्ष अली खानले अत्यन्तै सीमित श्रोत र साधनका बावजुद नेपाली हक्की खेलाडीमा देखेको क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले सानो प्रयास स्वरुप प्रतियोगितालाई प्रायोजन गरेको बताउदै यस पछि महिलाको प्रतियोगितालाई पनि प्रायोजन गर्ने प्रतिबद्धता जनाए ।क्वेस्ट फर्मासिउटिकल्सका प्रोप्राइटर समेत रहेका हक्की संघका अध्यक्ष श्रेष्ठले आफ्नो संस्थाको तर्फबाट सहभागी मध्ये एक टिमलाई प्रायोजन गर्ने बताउदै अन्य टिमका लागि पनि प्रायोजक खोज्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comment