राष्ट्रिय क्रसकन्ट्रीको तयारी पूरा

नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार हुने चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपको तयारी पूरा भएको आयोजकले जनाएको छ ।माउन्टेन स्पोर्ट्सअन्तर्गत हुन लागेको प्रतियोगितामा विभिन्न ४ विधामा ४ सय १५ खेलाडीको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
सिनियर पुरुष ८ किलोमिटरमा ६६, जुनियर महिला ६ किलोमिटरमा ३५ तथा विद्यालयतर्फ छात्र÷छात्राको ६ किलोमिटरमा क्रमशः २ सय २५ र ८९ खेलाडीले भाग लिने छन् ।
सिनियर पुरुष÷जुनियर महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै छात्र÷छात्रामा पहिलो हुनेले ९ हजार, दोश्रोले ६ हजार र तेश्रोले ४ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता कागेश्वरी मनोहरा नगरपालिकास्थित गागलफेदी शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने छ ।

Comment