एमेच्योर आर्चरी शनिबार

nima1
इन्डोर स्पोर्ट्स एरिना (आईएसए) को आयोजनामा प्रथम एमेच्योर आर्चरी प्रतियोगिता शनिबार हुने भएको छ ।ठमेलस्थित जीएएहलमा हुने एकदिने प्रतियोगितामा करिब ४० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक नवाङ निमा लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
रिकर्भ बो व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने छ । सहभागी खेलाडीले पहिले क्वालिफाइङ चरणमा प्रतिस्पर्धा गर्ने छन् । त्यसमाशीर्ष १६ स्थानमा रहने खेलाडी नकआउट चरणमा प्रवेश गर्ने छन् । १२ मिटर दूरीमा प्रतिस्पर्धा हुने छ । पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, ८ हजार र ३ हजार नगद पुरस्कार हातपार्ने छन् ।

Comment