राष्ट्रिय क्रसकन्ट्री शनिबार

नेपाल एथलेटिक्स संघको आयोजनामा चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिप शनिबार हुने भएको छ । माउन्टेन स्पोर्ट्स अन्तर्गत हुने प्रतियोगितामा विभिन्न ४ विधामा करिब ४ सय खेलाडीको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
सिनियर पुरुष ८ किलोमिटर, जुनियर महिला ६ किलोमिटर तथा विद्यालयतर्फ छात्र÷छात्राको ६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।कुल नगद पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ ।
एकदिने प्रतियोगिताका खेलहरु कागेश्वरी मनोहरा नगरपालिकास्थित गागलफेदी शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने छ ।

Comment