दुर्गा र सन्तोष पहिलो

durga daude
दुर्गा राई,दुर्गा जोसी र सन्तोष कार्की २२ औ मदन आश्रित स्मुति खुला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुढानिलकण्ठ नगर कमिटिको आयोजनामा संचालन भएको खुलातर्फ दुर्गा राई पहिलो, ज्ञानेन्द्र विक्रम सिंह दोश्रो तथा राजु राई तेश्रो भए । बिद्यालय स्तरिय दौडमा छात्रतर्फ हिमालय माबिका सन्तोष कार्की पहिलो,गणेश उमाबिका उमेश तामाङ दोश्रो र बुढानिलकण्ठ उमाबिका रमेश तामाङ तृतिय भए । त्यस्तै छात्रातर्फ थ्रि स्टार माबिकी दुर्गा जोशी पहिलो,शिशु मिलन माबिकी मनिका श्रेष्ठ दोश्रो र भ्यालीपब्लिक उमाबिकी सुष्मा गौतम तेश्रो भईन् ।

Comment