जिल्लास्तरमा इन्सट्रक्टर कोर्ष हुने

भौतिक पूर्वाधार सम्पन्न जिल्लाहरुमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल पौडी संघले पौडी खेलसंग सम्बन्धित आधारभूत प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रशिक्षण कार्यक्रमबाट जिल्लास्तरमा प्रशिक्षक तयार भई प्रशिक्षण कार्य सहज तवरबाट सञ्चालन हुने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बताए ।
अध्यक्ष वज्राचार्यका अनुसार मकवानपुरको हेटौडामा जेठ ९ र १०, पर्साको वीरगन्जमा जेठ ११ र १२ तथा चितवनमा जेठ १३ र १४ गते प्रशिक्षण सञ्चालन हुने छ । पौडी मुख्य प्रशिक्षक ओङडेन लामा र सहायक प्रशिक्षक रविन कुमार पौड्यालले प्रशिक्षण सञ्चालन गर्ने छन् ।

Comment