एथलेटिक्समा सरस्वती पहिलो

sawarasati selected
रियो ओलम्पिक– २०१६ का लागि भएको महिला खेलाडी एथलेटिक्स छनोटमा नेपाल आर्मी क्लबकी सरस्वती भट्टराई आइतबार पहिलो भएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहभागी ११ प्रतिद्वन्द्वीलाई पछि पार्ने क्रममा सरस्वतीले ४ मिनेट ४१.३ सेकेन्ड समय खर्चिन् । पहिलो स्थान हात पार्दै सरस्वती रियो ओलम्पिकका लागि छनोट भएको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
आर्मीकै सानुमाया कार्की ५ मिनेट ०३.४ सेकेन्ड समयसाथ दोश्रो भइन् । विजेश्वरी ज्ञान मन्दिरकी संगीता खड्का तेश्रो भइन् । संगीताले ५ मिनेट ०९.३ सेकेन्ड समय निकालिन् ।
पुरुषतर्फ१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडका कांस्य विजेता आर्मीकै हरिकुमार रिमाल छनोट भइसकेको सचिव विष्टले जानकारी गराए ।

Comment